‘यसपालीको हिउँद न्यानाे’ जल तथा मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन महिना कम पानी पर्ने जनाएको छ । विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै जाडो कम हुने तथम पानी पनि कम पर्ने
बताएको हो ।

त्यसो त यसअघि विभागले असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ ।

अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।

यसअघि विभागले असोज १५ देखि पुस १६ गतेसम्मको हावापानी आँकलन २० असोजमा सार्वजनिक गरेको थियो । त्यसको सारांशमा यस वर्ष १५ असोजदेखि १६ पुससम्मको अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो । साथै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको भनिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here