काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । आज कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से १२.८४ अंकले घट्दै २६ सय ७६ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १७ कम्पनीका १ करोड १५ लाख २३ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
कारोबारमा आएकामध्ये वित्त, लगानी, उत्पादनमुलक, म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज १ सय ३८ कम्पनीको सेयरमूल्य घट्दा ९२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।