काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार १२ अंकले घटेको थियो ।
केही दिनयता कारोबार पनि लगातार घटेको छ । आज ४ अर्ब ४१ करोडमा खुम्चिएकाे छ। सोमबार ५ अर्ब ६२ करोडकाे काराेबार भएकोमा आज घटेको हो।