पोखरा एभेन्जर्स ६ विकेटले पराजित

काठमाडौं । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

स्टेफेन इस्किनाजीको अर्धशतकमा पाेखरालाई हराएको हाे।

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

काठमान्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे । माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए ।

६ खेलबाट ६ अंक जोडेर काठमान्डु चौथो स्थानमा उक्लेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here