विदेशमा नेपालीले चलाएका रेष्टुरेन्टको विवरण संकलन थालियो, यूरोपमा मात्र ७ सय रेष्टुरेन्ट

काठमाडौं । नेपाली मौलिक परिकारको विश्वव्यापी प्रवद्र्धन अभियान चलाइरहेको ‘एक्सपेरियन्स नेपाल–कुजिन एण्ड कल्चर’ले विश्वभर संचालनमा रहेका नेपाली रेष्टुरेन्टको विवरण संकलन गर्न थालेको छ ।

यो अभियान नेपाल पर्यटन बोर्डले सचालन गरेको हो । बोर्ड र लण्डनस्थित नेपाली दूतावासले यसमा सहयोग गरिरहेका छन् । यसबाट नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अभियानका संयोजक दीपेश शाक्यले बताए ।

उनका अनुसार भ्रमण वर्षमा यी रेष्टुराँहरुले नेपालको प्रतिनिधित्व मात्र गर्ने छैनन्, मौलिक नेपाली परिकारको समेत प्रवद्र्धन गर्ने भएका छन् ।

पहिलो चरणमा यूरोपेली मुलुकमा नेपालीले चलाएका रेष्टुरेन्टको विवरण संकलन भइरहेको छ । अहिलेसम्म ५ सय ३ वटा रेष्टुराँ उक्त विवरणमा समेटिएको उनले जानकाी दिए ।

एक्सपेरियन्स नेपाल–कुजिन एण्ड कल्चरको वेवसाइटमा यस्ता रेष्टुरेन्टको विवरण र ठेगानासमेत राखिने छ ।

जसले गर्दा सम्बन्धित मुलुक पुग्दा उक्त रेष्टुरेन्ट खोज्न समेत सहयोग पुग्ने छ ।

विश्वभर रहेका नेपालीले प्रवद्र्धनकै माध्यमबाट भएपनि भ्रमण वर्षमा योगदान गर्न सकुन भन्ने उद्देश्यले यस्तो अभियानको प्रारम्भ गरिएको हो । यूरोपमा मात्र ७ सय भन्दा बढी नेपाली रेष्टुरेन्ट रहेको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here