काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका उनलाई मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले मंगलबार अदालत समक्ष लामिछानेलाई चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो ।