अम्बा सेवन गर्नाले स्वास्थ्यलाई के फाइदा हुन्छ ?

काठमाडौं । अम्बा नाम नसुनेका मानिस सायद कोहि छैनन् भन्दा पनि हुन्छ । नेपालीहरुको रोजाईमा पर्ने फल मध्येको एक हो अम्बा । तर यसको सेवनबाट स्वास्थ्यलाई के कस्ता फाइदा हुन्छन् भन्ने कुरमा भने धेरैलाई थाहा नहुन सक्छ ।

नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाएत ठाँउमा अहिले अम्बाको सिजन चलिरहेको छ । विशेषगरि दशै, तिहारको आसपास अर्थात लाग्दै गरेको जाडोको सिजनमा हुने फल अम्बा अर्थात बेलौती तपाइको स्वास्थ्यको लागि एकदमै फाइदाजनक रहेको छ । जसकारण यसलाई ‘सुपरफुड’ को क्याटेगोरीमा पनि राखिएको छ ।
अम्बा खानुका फाइदा
-अम्बाको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
-अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ ।

-अम्बाभित्रको गुटीमा १४ प्रतिशतसम्म तेल हुन्छ, जसले राम्रो कोलेस्टेरोल (एचडिएल) को मात्रा बदाउँछ ।

-अम्बामा प्रसस्त मात्रामा भिटामिन सी पाइने हुनाले यसले छाला सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

-अम्बाको सेवनले रगतमा चिनीको मात्रा उपयोगमा ढिलाइ गराउन मद्दत गर्छ, जुन डाइबिटिज रोगीलाई अत्यन्त उपयोगी हुन्छ ।

-अम्बामा धेरै मात्रामा पाइने ‘ट्यानिन’ तत्वले झाडापखाला निको पार्न मद्दत गर्छ ।

-नियमित अम्बा सेवन गर्नाले क्यान्सरको सम्भावना घटाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here