काठमाडौं । पुर्ब गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा कास्की जिल्ला अदालतमा अदालतले आरोपपत्र पेश गरिएको छ ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा चार सय पृष्ठको आरोपपत्र पेस गरिएको हो ।
यता लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार अदालत पुर्याइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार रविसहित पाँच जनाविरुद्ध अदालतमा अभियोगपत्र पेस गरेको छ। सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।