सुनको मूल्य स्थिर,चाँदीको घट्यो

काठमाडौं, ३० असोज । नेपाली बजारमा विहिवार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा समान्य गिरावट आएको छ । बुधबार ७० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज स्थिर रहेर प्रतितोला ७० हजार छ सय रुपियाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ७० हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य घटेर ४५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here