काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई अनुरोध गरेको छ ।
रास्वपाका सांसदहरूले सोमबार सभामुख देवराज घिमिरेलाई सिंहदरवारमा भेटी यस्तो आग्रह गरेका हनु् । रास्वपाका सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सभामुखलाई निलम्बन नगर्न आग्रह गरेका हुन् ।
सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको र संविधान, कानुन र संसद नियमावली हेरेर सोहि अनुसार निर्णय गर्ने बताए ।