काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.११ अंक बढेको हो । आज सेयर बजार २६२६ अंकमा पुगेर बन्द भएको हाे।
नेप्से परिसुचकसङ्गै आज काराेबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । आज १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो ।
काराेबारमा आएका उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटेका छन् । यी बाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढेका छन् । त्यस्तै बैंक ०.७६, फाइनान्स १.६२, होटल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।