काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।
नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आन्तरिक उडान बन्द भएको हो । निगमका अनुसार शनिबारसम्म नियमित उडान गरिरहेकोमा आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको छ।
निगमले इन्जिन अर्डर गरे पनि आइपुग्न समय लाग्ने भन्दै हालका लागि ढडान बन्द गरेको हो । नयाँ इन्जिन ल्याएर जडान गरेपछि मात्र निगमले नियमित उडान भर्न थाल्नेछ ।
निगमसँग आन्तरिक उडानका लागि दुइटा मात्र ट्विनअटर जहाज भएकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड छ। नियमित उडिरहेको अर्को ट्विनअटरको पनि उडान आवर सकिएर आइतबारदेखि बन्द भएको हो ।