काठमाडौं । साताकाे पहिलाे दिन नेप्से परिसुचक २१.१२ अङ्कले ओरालो लागेको छ। सेयर बजार २६सयमा पुगेर बजार बन्द भएकाे छ।
आज कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकामा आज ५ अर्ब ४७ करोडको भएकाे छ । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो ।
आज माइक्रोफाइनान्सकमे परिसूचक सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशतले घटेकाे छ । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटेकाे छ ।
महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढेकाे छ।
मानुषी लघुवित्तको ६.०९, सिर्जनशील लघुवित्तको ५.८९ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५.७ प्रतिशत बढेकाे छ ।
सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ८.७, ग्रीन डेभलपमेन्टको ८.३ तथा बेस्ट फाइनान्सको मूल्य ७.१ प्रतिशत घट्यो ।