शेयर बजार स्थीर, १८ करोडको कारोबार

काठमाडौं, ३० असोज । बुधवार ५ अंकले ओरालो लागेको शेयर बजार विहिवार भने स्थीर देखिएको छ । विहिवार नेप्से परिसूचक ०.७१ अंकले बढेर १ हजार १ सय ३७.७५ अंकमा पुगेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीको मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि स्थीर नै देखियो । सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले बढेर २ सय ४९.१२ अंकमा पुगेको छ ।

विहिवार १ सय ६० कम्पनीको ९ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा १८ करोड २९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
विहिवार कारोबारमा आएका मध्ये होटल,अन्य, उत्पादन र विकास बैंक समुहको सूचक घट्यो भने अन्य सबै समुहको सूचक बढ्यो ।

विहिवार सबैभन्दा धेरै सामुहीक लगानी कोष समुहको सूचक बढ्यो । सामुहीक लगानी कोषको सूचक १.०३ प्रतिशतले बढ्यो ।

विहिवार सबैभन्दा धेरै सानीमा इक्यूटी फन्डका शेयर धनीले कमाए । सानीमा इक्यूटीको शेयर मूल्य ८ प्रतिशत बढ्यो । त्यस्तै, नबिल इक्यूटी फन्डको ७.९५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा माहुली सामुदायीक लघुवित्त वित्तीय संस्थाका शेयर भनी छन् । माहुली सामुदायीकको शेयर मूल्य ६.२५ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंकले रहेको छ । बैंकले १ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here