प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार सचिव नियुक्त गरेका हुन् ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेेटेर संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here