काठमाडौं । आज २०२५ काे पहिलाे दिन । नयाँ वर्षसङै आज यो कारणले पनि विशेष छ कि आजदेखी जन्मेका बच्चाहरूले पाउनेछन् । नाम हो बीटा ।
संक्षेपमा यसलाई जेन बिटा भन्न सकिन्छ। जेन बिटाहरुले नयाँ डिजिटल परिदृश्यहरू अन्वेषण गर्नेछन्, जसमध्ये धेरै हामी सम्भवतः अहिले थाह पाउन सक्दैनौं, र अर्को शताब्दी देख्न सक्छौं।
सन् २०२५ जनवरी १ देखि सन् २०३९ को अन्तिमसम्म जन्मिने नयाँ पुस्ताको नाम रहनेछ ‘बिटा जेनेरेसन’।
१४ वर्षसम्म जन्मिनेहरूले यही नाम पाउनेछन्। त्यसपछि, सन् २०४० देखि फेरि अर्को पुस्ता सुरू हुनेछ।
सामाजिक अध्येता तथा जनसांख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले यो पुस्तालाई जेन-बिटा नाम दिएका हुन्। उनले यसअघिका दुई पुस्ता जेन जि र अल्फाकाे पनि नामाकरणा गरेका थिए ।
‘पूर्ण रूपमा स्वचालित यातायात साधन, लगाउने मिल्ने स्वास्थ्य उपकरण र प्रविधि, भर्चुअल वातावरणलाई सामान्य दैनिक जीवनका रूपमा प्रयोग गर्ने पहिलो पुस्ता जेन-बिटा हुन सक्छ,’ मार्कले भनेका छन्। याे जेनेरेसनले एआइलाइ दैनिक जिवनमा प्रयोग गर्ने छन ।