५.१० अंकले बढ्याे नेप्से, काराेबार भने घट्याे

काठमाडौं । बुधबार सेयर बजार ५.१० अंकले बढेको छ । आज नेप्से २५८१ अंकमा कायम भएको छ ।

बजारको अंक बढे पनि कारोबार रकम भने घटेको छ । मङ्गलबार ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।
आज कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घटेकाे
छ।

यता फाइनान्स ३.८७ प्रतिशत बढ्यो । विकास बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.६३ प्रतिशत बढे । जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here