काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४.६३ अंक बढेको हो । आज सेयर बजार २५८६ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६० करोडको भयो। आज १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रहेकाे
छ।
आज विकास बैंक सबैभन्दा बढी अङ्कले बढेकाे छ। सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढेकाे हाे । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशत बढेका छन्। व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशत घटेका छन् ।
आज न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ।