‘भ्रष्टाचार विरुद्ध सबै दल एक हुनु आवश्यक छ’ प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । साे अवसरमा उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको जिकिर गरे ।

राजनीतिक दलहरूका बीचमा सहमति र एकताकाे वातावरण बनाएर भ्रष्टाचार निर्मुल बनाउन आबश्यक रहेको उनले बताए ।

उनले भने ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? के जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here