काठमाडौं । लोकसेवा आयोगले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्ताे प्रस्ताव गरेकाे हाे । अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन ।
‘माथिल्लो तहमा १० प्रतिशत र ९० प्रतिशत आन्तरिक बढुवाबाट गर्नु उपयुक्त हुने उनले जानकारी दिए । रेग्मीले भने, ‘यसो गर्दा सक्ष्यम खुलाबाट आउन सक्छन् भने सेवामा रहेकाहरू पनि खुलामा नाम निकाल्ने भनेर परीक्षाकै तयारीमा मात्र रहन्न । आन्तरिक मूल्यांकन बढाउन काममै केन्द्रित हुदा उत्पाकदत्व बढ्छ।