काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति लक्षित गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् । बास्कोटाले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ते कटाक्ष गरेका हुन् । उनले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’ उनको भनाई छ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।