काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंकले बढेकाे छ। आज सेयर बजार बढेर २५९१.५६ बिन्दुमा पुगि बन्द भएको छ ।
आज कारोबार पनि बढेर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८६ करोड २ लाखको कारोबार भएको छ ।
व्यापार र हाइड्रोपावर उपसूचक बढेकाे छ । यता बैंकिङ लघुवित्त लगायत उपसूचकमा गिरावट आएकाे छ। हाइड्रोपावर उपसूचक सर्वाधिक १.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक १.१४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले बढेको हो ।
यता बैंकिङ उपसूचकमा ०.५५ प्रतिशतले, वित्त कम्पनी उपसूचक १.०४ प्रतिशत र उत्पादनमूलक उपसूचक ०.६० प्रतिशतले घटेकाे छ।
आइतबार बजारमा कुल २ सय ४३ सूचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ८ कम्पनीको मूल्य स्थिर छ ।