उकालाे लाग्याे नेप्से, काराेवारमा पनि वृद्धि

फाइनान्स सेक्टरमा बढी आकर्षण

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द भएको हाे ।
आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

साेमबार ६ अर्ब ३० करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९२ करोड रूपैयाँ कमी आएको हो।

१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । आज फाइनान्स सेक्टरमा बढी आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here