मौसममा बदली, कस्तो रहन्छ आगामी तीन दिनको मौसम

काठमाडौं,१ कात्तिक । देशका धेरै ठाउँको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान अनुसार शुक्रबार देखि आइतबार सम्म देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

पश्चिममा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा स्थानीय वायुका प्रभावले आगामी तीन दिनसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए । मौसमविद् अर्यालका अनुसार अहिले देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली तथा मध्य र पूर्वका पहाडी भेगमा आंशिक बदली भएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आजदिउँसो देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूगका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ । राति देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पूर्वी पहाडका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

शनिवार देशभरि आंशिक बदली रही अपराह्नपछि पश्चिमी पहाडी भूभागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। शनिवार राति देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूगका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here