एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनमा पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।

निकै प्रतिस्पर्धा मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए । मध्यपूर्वका गैरआवासीय नेपालीहरुलाई मिलाउन नसक्दा आचार्य हारेको विश्लेषण गरिएको छ । मत गणना सकिए पनि मतपरिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here