काठमाडौं । बुधबार नेप्से परिसूचक ६ दशमलव ५३ अंक बढेको छ । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । परिसुचकसँगै आज कारोबारमा पनि बृद्धि भएको नेप्सेले जानकारी दिएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भएको हो ।
१३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो । आज फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । । फाइनान्स समुहको परिसुचक सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढेका छन् ।
माइक्रोफाइनान्स .५९, उत्पादन ०.४०, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६ प्रतिशत बढे । बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशत घटे ।
समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५, रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो ।