बीमा प्राधिकरणकाे सञ्चालक समिति अध्यक्ष पदमा आवेदन माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालक समिति अध्यक्ष पदमा आवेदन खुलाएकाे छ ।

अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले सूचना सार्वजनिक गरि आवेदन माग गरेको हो । समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।

प्राधिकरणको अध्यक्षका आकांक्षी बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here