दाेहाेराे अङ्कले घट्याे नेप्से, सबै समुह ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से २५.४१ अंकले घट्दै २६ सय ९.६७ विन्दुमा झरेर रोकिएको हो । आज कारोबारमा सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

आइतबार कुल ३ सय १ कम्पनीका ८० लाख २१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख पुगेको छ ।

कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य ओरालो लागेकाे छ। त्यस्तै ३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here