काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले १० महिना भित्र राहदानी आपूर्ति हुने बताएका छन् ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उनले गत मंसिर १३ गते राहदानी खरिदका लागि बोलपत्र प्रकाशित गरिसकेको र खरिद प्रक्रियाका लागि छलफल भइरहेको बताएका हुन्।
‘८ देखि १० महिना भित्रमा नयाँ सम्झौता गरी राहदानी आपूर्ति गर्ने छौ’ उनले भने । साे अवसरमा उनले सेड्युल टाइट भएको बताए।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु देउवा राणाले राहदानीको गुणस्तर बारे जिज्ञासा राखेकि थिइन्।