काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो ।
नेप्से परिसुचक घटेपनि आज कारोबार रकम भने उलेख्य बढेको छ ।
आज सेयर बजारमा ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ ।
६४ हजार २ सय ७८ कारोबार मार्फत १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता धितोपत्र किनबेच हुँदा उक्त रकम बराबर कारोबार भएको हो ।
साेमबार सबै परिसूचक ओरालो लागेको छ। आज व्यापार उपसूचक सर्वाधिक १.८९ प्रतिशतले गिरावट भएको छ। त्यस्तै होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशत र वित्त कम्पनी उपसूचक १.३२ प्रतिशतले गिरावट भएको छ ।
कुल २ सय ४३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ७५ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६३ कम्पनीको बढेको छ ।
आज ५ कम्पनीको कारोबार स्थिर रहेकाे छ । सोमबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।