शिवम् सिमेन्टको नयाँ योजना-‘यो तिहार शिवम् को साथमा,चाँदीको उपहार सबैको हातमा’

काठमाडौं,१ कात्तिक । शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेकोछ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू हुने छ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादनगरी बिक्री वितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here