नङमा विश्व रेकर्ड, भारतका चिल्लालले बनाए एउटै नङ १९८ सेण्टिमिटर लामो

काठमाडौं । विश्व रेकर्ड आफैमा एउटा गर्वको कुरा र जो कोहीले सजिलै गर्न नसक्ने काम हो ।

विश्व रेकर्ड राख्नको लागि मानिसहरु विभिन्न प्रकारका अचम्म लाग्ने कामहरु गरिरहेका हुन्छन् । आज हामी तपाईंलाई त्यस्तै एक विश्व रेकर्डको बारेमा जानकारी दिंदै छौं ।

हाम्रै छिमेकी राष्ट्र भारतको पुणे शहरमा बस्ने ८२ वर्षीय श्रीधर चिल्लालको नाम विश्वकै सबैभन्दा लामो नङ भएको व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा राखिएको छ ।

चिल्लालले विगत ६६ वर्षदेखि नङ काटेका छैनन् । एक अन्तरवार्तामा उनले दिएको जानकारी अनुसार उनले १६ वर्षदेखि नङ पाल्न थालेका हुन् ।

श्रीधरको हातमा भएको नङमध्ये सबैभन्दा लामो बुढी औंलाको छ । जसको लम्बाई १९७.८ सेन्टिमिटर रहेको छ भने सबैभन्दा सानो कान्छी औंलाको छ जसको लम्बाईं १६४.५ सेन्टिमिटर छ ।

सन् २०१५ मा चिल्लालको नाम विश्वकै सबैभन्दा लामो नङ भएको व्यक्तिको रुपमा गिनिज वल्ड रेकर्ड बुकमा राखिएको थियो ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here