साताकाे अन्तिम दिन घटेर बन्द भयाे नेप्से, काराेबारमा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ।

नेप्से ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भएको हाे।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० करोड रूपैयाँ वृद्धि भएको हो।

आज २९६ वटा धितोपत्रको १ करोड १७ लाख ३५ हजार ७१५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार कराेबार भएको ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

बिहीबार पोखरा फाइनान्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३३ रूपैयाँ कायम भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको घटेको हो।

१३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको घटेको हो।

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।