काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालकाे महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै फाईनलमा पुगेकाे हाे ।
नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९-१८ ले पराजित गरेकाे हाे । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग फाइनलमा उपाधिका लागि खेल्नेछ ।
नेपालको पुरुष टिमले पनि उत्साहजनक रुपमा आफ्नु खेल देखाएकाे छ। खाे खो विश्वकपमा पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।