काठमाडौं । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको महिला र पुरूष दुवै टोली फाइनल पुगेको छ ।
आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ । दुवै टिमले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु र पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुने खेल नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ ।
अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो ।
महिलातर्फ नेपाल र अपराजित रहँदै फाइनल पुगेका हुन् । यता पुरूषतर्फ नेपालले एक खेल मात्र हारेको छ ।