ताेलामा ८ सयले घट्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ घटेको छ।

शुक्रबार प्रतितोला १ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ८ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here