दाेहाेराे अङ्कले बढ्याे नेप्से, कारोबार ६ अर्ब २५ करोड माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से अन्तिम समयमा १२.५८ अंकले बढ्दै २६ सय १ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय २५ कम्पनीका १ करोड २९ लाख ८२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख माथि पुगेको छ ।

होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

आज कारोबारमा आएकामध्ये कुल १ सय ७१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६८ कम्पनीको सेयरमूल्य भने ओरालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here