काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् ।
उनि सरकारसँग धरानका लागि पानी माग्न भन्दै सोमबार काठमाडौं आएका हुन्।
संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका हुन् ।
मेयर साम्पाङले भोलि रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् ।