काठमाडौं । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।
परिसूचक बढ्दा पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।
आज कारोबारमा आएका १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो ।
अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । त्यस्तैजीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढेका छन् ।
यता व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटे ।
मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।