काठमाडौं । बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीकाे भाउ पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८९५ रुपैयाँ पुगेको छ ।