१५ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरि आफूखुसी कार्यालयमा गैरहाजिर भएकाहरुलाई कारणसहित सम्पर्कमा आउन भनेको हो ।

आफूखुसी गैरहाजिर भएकाहरुमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबल्दार धनबहादुर कार्की र चेतन महरा तथा प्रहरी जवानहरु कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज रानाछन् । त्यस्तै दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापा, असलम मिया लाई पनि स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।

अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here