साताको अन्तिम कारोबारको दिन परिसुचकसँगै घट्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से घटेको छ । आज सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको नेप्सेले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से ११ दशमलव १० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा घटेको छ । अघिल्लो दिन अर्थात बुधबार ९ अर्ब २० करोडको कारोबार भएको थियो ।

आज ८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । ३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here