बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल बिमा प्राधिकरणको रिक्त रहेको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयले शुक्रबार यस बारे जानकारी दिएको हो ।

निवर्तमान अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वतः निलम्बन भएका छन् ।

रिक्त प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । समितिले पुस २६ मा १५ दिनको समय राखेर आवेदन मागेको थियो ।

आवेदन दिनेमा कमलप्रसाद रेग्मी, देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाई, विष्णुवावु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here