१०.४१ अंकले घट्याे नेप्से, काराेबारमा भने वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ ।

आज नेप्से २६४३ अंकमा कायम भएर बन्द भएको हाे । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको भएकाे हाे ।

आज ११६ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स क्षेत्र ल सबैभन्दा धेरै ४.७४ प्रतिशत घटेकाे छ। त्यस्तै विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढे । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटे ।

आज उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो । यता चार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घटेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here