अछाममा दुई किशोरी मृत फेला परेकाे घटनामा दुई पक्राउ, अनुसन्धान शुरु

काठमाडौं। अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएका थिए। साे घटनाकाे अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको हाे ।

मृतकसङै गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएकाे छ। शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी मृत अवस्थामा फेला परेका थिए ।

टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here