‘वार’ तिन सय करोड क्लब नजिक, यी हुन् धेरै कमाउने १० हिन्दी फिल्म

काठमाडौं, १ कात्तिक । ऋतिक रोशन र टाइगर श्रोफ अभिनित हिन्दी फिल्म ‘वार’ ३ अर्ब भारतीय रुपैयाँ ब्यापारको नजिक पुगेको छ ।

अक्टोवर २ तारिखबाट प्रदर्शनमा आएको यो फिल्मले १६ औं दिनसम्म आईपुग्दा २ अर्ब ९० करोड भारुभन्दा धेरैको व्यापार गरिसकेको छ ।

योसँग वारले एसराज फिल्म्सकै सन् २०१३ मा प्रदर्शनमा आएको आमिर खान अभिनीत धुम ३ लाई पछि पारेको छ ।

वार आजसम्म प्रदर्शनमा आएका हिन्दी फिल्ममध्ये सबैभन्दा धेरै कमाई गर्ने ९ औं फिल्म बनेको छ । बलिवुडमा पछिल्लो समय चलिरहेको राष्ट्रवादी धारमा बनेको सो फिल्मले धेरै कमाइ गर्ने अन्य चलचित्रलाई अझै पछि पार्ने अनुमान गरिएको छ ।

यी हुन् सबैभन्दा धेरै व्यापार गर्ने १० हिन्दी फिल्मः

१. बाहुबली (हिन्दी)

२. दंगल

३. सञ्जु

४. पिके

५. टाइगर जिन्दा है

६. बजरंगी भाईजान

७. पद्यमावत

८. सुल्तान

९. वार

१०. धुम ३

(एजेन्सी)