ट्रम्पमाथि अनुसन्धान गरेका १२ अधिकारी बर्खास्त

काठमाडौं । ट्रम्प प्रशासनले जस्टिस डिपार्टमेन्टमा काम गरिरहेका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी १२ अधिकारी ट्रम्पविरुद्धको अनुसन्धानमा खटिएका बीबीसीले जनाएको छ ।

विभागका कार्यबाहक प्रमुख जेम्स मेक हेनरीले १२ अधिकारीलाई हटाउने निर्णय गरेका हुन् । यी अधिकारीले ट्रम्पका एजेण्डामा पुरा इमानदारीसाथ काम गर्ने विश्वास नभएको भन्दै हटाउने निर्णय गरिएको समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here