अमेरिकामा यात्रु विमान र हेलिकप्टर आकाशमै ठोक्किए

photo from Reuters

काठमाडौं । अमेरिकामा एक यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्।

स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको हाे। अमेरिकन एयरलाइन्सले जहाजमा ६० जना यात्रु र चार जना चालक दलका चार सदस्य रहेको जनाएको छ।

अमेरिकाको रिगन वासिङटन नेशनल विमानस्थलनजिक पोटोम्याक नदीनजिक दुर्घटना भएको हो। वासिङटन पोस्टका अनुसार दुर्घटना लगतै धेरै मानिसहरूलाई नदीबाट बाहिर निकालिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here