सोमर तामाङ्ग र विशाल नगरकोटी आइएमईको मासिक विजेता घोषित, पाए चारगुणा बढी रकम

काठमाडौं, १ कात्तिक । सेवाग्राही सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राही तामाङ्ग र नगरकोटी विजेता घोषित गएिको कम्पनीले बताएको छ ।

विजेता दुवैले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफर अन्तर्गत सेवाग्राही दुवैले आफुले पठाएको रकमको चारगुणा बढी रकम प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् ।

विजेता सवैले आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कूल ७७ दिनसम्म कायम रहने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here