सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियानै गलत भएको बैठकले निष्कर्ष निकालेको छ । ‘विधि, प्रक्रियाको हिसावले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भएकोले अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ ’ उनले भने ।

शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयहरु एकमत भएर उठाउने उनले बताए । साथै अध्यादेश ल्याउनुमा सरकारको गलत मनसाय रहेको जिकिर गर्दै उनले आवश्यक परेर सरकारविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here